Saturday, May 22, 2010

कसैले शोधे(नेपथ्य)

कसैले सोधे हो हो हो
कसैले सोधे कुन को तिम्रो गाउँ

काधमा न्यानो जहाँ घाम लाग्छ
स्वर्गको छेउ जहाँ मन लाग्छ
म भन्छु हजुर यही हो मेरो देश

कुरा नलुकाई भन्न मन लाग्छ

आँखा छ हाम्रो आँखा छ हाम्रो
तर देख्छ अरुले
कलम छ हाम्रो कलम छ हाम्रो
तर लेख्छ अरुले
गाउँ छ हाम्रो गाउँ छ हाम्रो
तर बस्छ अरुनै
जीवन छ हाम्रो जीवन छ हाम्रो
तर खेल्छ अरुनै

हो हो हो हो

बहिनी लाई खोजे नन्घेरी भरि
पुछेको उसको सिन्दुर भरि
हो हो
दिदि लाई खोजे सिरबन्दी छ कि
त्यो रातो लाखा केसमा छ कि
हो हो
छारआनी भरि सुनको फुली
भाई टिका भरि आसिस चुली
हो
आँखामा आसु मनमा बह
सयपत्री माला मायाको दह
आमै हो हो हो हो हो हो आ है हा हे हो
आमै हो हो हो हो हो हो आ है हा हे हो

भाईलाई खोजे पहिरो भरि
खोलाको फाटी भुमरी भरि
हो हो हो
भेटेको निधार सलाम भरि
बारुदको जम्मै छड्याम्म भरि
हो हो हो
दाजै लाई खोजे बाँसघारी भरि
सत्रु को सबै हातेर भरि
हो
कठैबर नि देखिन मैले
पानीमा केहि लेखिन है

आमै हो हो हो हो हो हो आ है हा हे हो
आमै हो हो हो हो हो हो आ है हा हे हो
आमै हो हो हो हो हो हो आ है हा हे हो
आमै हो हो हो हो हो हो आ है हा हे हो



No comments:

Post a Comment